गण्डकीमा मुख्यमन्त्री यथावत: नयाँ बनेका मन्त्रीले लिए सपथ

पाेखरा | बैशाख २, २०८३

गण्डकीमा मुख्यमन्त्री यथावत: नयाँ बनेका मन्त्रीले लिए सपथ

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।

 

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

 

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका हुन् । 

 

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्रीमा नियुक्त हुँदै सपथ लिए ।

 

भीम कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा सपथ लिए । 

 

त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन आर्थिक मामिलामन्त्री बने भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुँदै सपथ लिए । 

 

यस्तै रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनिन् भने नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुँदै सपथ लिए ।

 

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । 

 

त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्